२७ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य



अ+ अ-

विराटनगर । एमाले सचिव भीम आचार्य प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नयाँ मुख्यमन्त्रीका रुपमा उनले पद तथा गोपनियताको शपथ पनि लिएका छन्। आचार्यलाई  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गराएका हुन्।

बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट उनी सर्वसम्मत रुपले संसदीय दलको नेतामा चयन भएका हुन् ।  शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । राईले पनि प्रदेश प्रमुख मुख्यमन्त्रीबाट आजै सोमनाथ प्यासीकहाँ राजीनामा बुझाएका थिए। आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरेका हुन् ।