काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले तीन दिनभित्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू उपलब्ध गराउन आग्रह गरेको छ ।
समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जबराविरुद्धका प्रमाण तथा कागजात तीन दिनभित्र उपलब्ध गराउन सरोकारवाला निकाय तथा व्यक्तिलाई आग्रह गरेको हो ।
यही भदौ ८ गते समितिको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँग प्रमाण तथा कागजात माग गर्ने निर्णय गरेसँगै समितिले आज सूचना सार्वजनिक गर्दै माग गरेको हो ।
समितिको सचिवालयसले समितिको नम्बर ०१–४२००१२८, ०१–४२००२३१ र इमेलस् [email protected] मार्फतसमेत प्रमाण, कागज तथा सुझाव उपलब्ध गराउन सकिने सचिवालयले जनाएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाबाट गठित सिफारिस समिति पुगेपछि उसले आफ्नो काम अगाडि बढाएको छ । समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग यही भदौ १५ गते बयान लिने निर्णय समेत गरिसकेको छ ।
चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रतिनिधि सभाबाट गठित सिफारिस समितिमा पुगेको छ ।
समितिले काम अघि बढाएको छ । यही भदौ १५ गते चोलेन्द्रसँग सोधपुछ गर्ने मिति तय गरेको छ ।