३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रिमियर लिगः म्यान्चेस्टर युनाइटेडद्वारा लिभरपुल पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । सोमबार मध्यरातमा सम्पन्न खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो र मार्कुस रासफोर्डले गोल गरे भने मोहमद सलाहले गरेको गोल लिभरपुलका लागि सान्त्वना गोल सावित भयो ।

खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफ युनाइटेडले १–० अग्रता बनाउँदै सकियो । दोस्रो हाफको ५३ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

खेलको ८१ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि खेलमा थप गोल हुन सकेन र नतिजा युनाइटेडको पक्षमा गयो ।

जितसँगै ३ खेलबाट ३ अंक जोडेको युनाइटेड तालिकाको १४ औं स्थानमा रहेको छ भने लिभरपुल २ अंकसहित १६ औं स्थानमा छ ।