१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आर्सनलले बर्नमाउथलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले दुई गोल गर्दा विलियम सालिबाको नाममा एक गोल रह्यो ।

आर्सनलले खेलको पाँचौं मिनेटमा ओडेगार्डको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । मार्टिनेलीले प्रहार गरेको बल बर्नमाउथका किपर ट्राभर्सले बचाउ गरेर रिबाउन्ड आएपछि ओडेगार्डले प्रहार गर्दै गोल गरे ।

यस्तै, खेलको ११ औं मिनेटमा बेन ह्वाइटले क्रस गरेको बल जिससले प्रहार गर्नै लाग्दा चलाखीपूर्ण रुपमा ओडेगार्डले नै प्रहार गरी गोलमा परिणत गरे ।

५४ औं मिनेटमा सालिबाले सानदार गोल गरे । उनलाई ग्रानिट जाकाले पास उपलब्ध गराएका थिए । जितसँगै आर्सनल तीन खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ । उता, बर्नमाउथ समान खेलबाट ३ अंकसहित १४ औं स्थानमा छ ।