२७ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा–अर्चना (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्णमन्दिरको पूजा, आराधना गर्नुभएको छ ।

शुक्रवार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गर्नुभयो । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लाग्छ । हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरुको भीड हुन्छ ।

साथै विभिन्न कृष्णगाथाको मञ्चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमीको दिनको रुपमा मनाउने गरिन्छ । आज देशभर भगवान श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आजका दिन जागरम बसी श्रद्धा, भक्तिपूर्वक कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् ।

आजका दिन देश भरका भगवान विष्णुका मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । आजको दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको कृष्णलीला, पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको शास्त्रमा उल्लेख छ ।