२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

किर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पालाई सम्मान गर्न भाई फुर्वाको अनुरोध



अ+ अ-

काठमाडौँ । दुई पटक गिनिज बुकमा नाम लेखाइसकेका र नेपाल भ्रमण वर्ष २०११ को सद्भावना दूतसमेत भइसकेका सफल हिमाल आरोही निमा ग्याल्जेन शेर्पालाई स्वागत र सम्मान गर्न उहाँका भाइ फुर्वा तेन्जिङ शेर्पाले अनुरोध गर्नुभएको छ ।

आरोही फुर्वाले एनएमए, टान, नेपाल पर्यटन बोर्ड, सगरमाथा आरोही संघ, पर्यटन विभागलगायतलाई ग्याल्जेनको स्वागत सम्मान र कदर गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

फुर्वाका अनुसार निमा ग्याल्जेनले विश्वका सबैभन्दा अग्ला १४ वटै हिमालको सफल आरोहण गर्ने दोलखा जिल्लाकै पहिलो आरोही हुनुभएको र केवल ४२ दिनमा पाकिस्तानस्थित आठ हजार मिटरका सबै हिमाल आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।

यसअघि पनि ग्याल्जेनले गिनिज बुकमा दुई पटक नाम लेखाउनु भएको र उहाँ हिमालमा रेस्क्यु गरी धेरैको ज्यान जोगाउने कुशल आरोही पनि रहेको फुर्वाले उल्लेख गर्नुभएको छ ।

फुर्वाका अनुसार ग्याल्जेनले हालसम्म सगरमाथा ९ पटक, मनास्लु ७ पटक, ल्होत्से र मकालु ३–३ पटक, चोयु र अन्नपूर्ण २–२ पटक र बाँकी के२, कञ्चनजंघा, धौलागिरि, नांगा पर्वत, जि१, जि२, ब्रोड पिक, सिसापाङ्मा हिमालहरु १–१ पटक आरोहण गर्नुभएको छ । साथै दोलखा स्थित लिंकुचुली २ ९६,६५९ मिटर० हिमाल आरोहण गर्ने प्रथम आरोही पनि हुनुहुन्छ ।