
सल्यान । नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सल्यानको दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा प्रहरीले सोमबार साँझ २२ लिटर एसिड सहित पक्राउ गरेको हो ।
तीनै जना घाइते नातेदारहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
यस बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दार्माले जनाएको छ ।