७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नौ युवतीसँग बिहे गरेका ब्राजिलियन मोडेललाई घर चलाउन मुश्किल



अ+ अ-

ब्रासिलिया । ब्राजिलियन मोडल आर्थर ओउर्सोले गत वर्ष एउटै समारोहमा नौ युवतीसँग विवाह गरेर सारा विश्वलाई चकित पारेका थिए । उनले आफ्नो सम्बन्धको बारेमा संसारलाई बताइरहन्छन्। एउटी केटीले उनलाई छोडे पनि उनी अझै आठ जनासँग बस्दै आएका छन् ।

ब्राजिलमा बहुविवाह गैरकानूनी छ, त्यसैले उनको विवाह आधिकारिक होइन। आफ्नो विवाहका बारेमा उनले विवाहको विपक्षमा रहेको बताएका थिए । त्यसैले उनले यस्तो गरे। यससँगै उनी स्वतन्त्र प्रेम मनाउन चाहन्छन् । तर अहिले आर्थरले ठूलो समस्याको सामना गरिरहेका छन् ।

आर्थरले एक पटक सबै केटीहरूसँग बस्नका लागि सेक्स रोस्टर तयार गरेका थिए, ताकि उनले आफ्ना प्रत्येक पत्नीलाई समय दिन सकून्। अहिले आर्थरले धेरै पार्टनर हुनुका फाइदा र बेफाइदाहरू बताएका छन्। उनले भनेका छन् “धेरै पार्टनर हुनुको सबैभन्दा ठूलो फाइदा यो हो कि तपाईंसँग सेक्सको स्वतन्त्रता छ। हामी हाम्रो सप्ताहन्त धेरै रमाइलोसँग बिताउँछौँ। तर यस रमाइलोको सबैभन्दा खराब भाग खर्च हो। यद्यपि हामीले सबै कुरा व्यवस्थापन गरिरहेका छौँ।

सेक्सका लागि बनाएका थिए रोस्टर

अन्ली फेन्स एकाउन्ट चलाउने आर्थरका अनुसार पुरानो पुस्ता उनीहरूको सम्बन्धको विरुद्धमा छ। तर उसले त्यतातिर खासै ध्यान दिँदैनन् । आर्थरका अनुसार उनीहरुको विरोध गर्नेहरूले पनि कतै न कतै बहुविवाह गर्न चाहन्छन्।

प्रत्येक पत्नीलाई निष्पक्ष प्रेम गर्न सकियोस् भनेर उनले केही समयअघि सेक्स रोस्टर बनाएका थिए । तर यो व्यवस्थाले उनको लागि काम गर्न सकेन। उनका अनुसार उनी कहिलेकाहीँ अर्को पत्नीसँग बस्न चाहन्थे, तर रोस्टरका कारणले मात्र अरू कसैसँग बस्नुपरेको थियो।

वास्तविक श्रीमतीको समस्या

आर्थरले आधिकारिकरूपमा मोडेल लुआना काजाकीसँग विवाह गरेका छन्। लुआनाले उनी यो सबैमा खुसी नै रहेको बताएकी छन् तर उनी उनका पतिले समय दिन नसक्ने कुराले चिन्तित छिन्। यद्यपि लुआना अझै पनि आर्थरसँग सम्बन्धमा रहन चाहन्छिन् र अरू कसैलाई उनको पति बनाउन चाहँदिनन् । एजेन्सी