
काठमाडौँ । हिमालयन एयरलाइन्सको काठमाडौँ–कुनमिङ उडान एक महिनाका लागि स्थगित गरिएको छ । सो एयरलाइन्सका १४ यात्रुमा कोभिड–१९ को संक्रमण देखिएपछि एक महिनाका लागि उडान रोकिएको एयरलाइन्सले जनाएको छ । संक्रमितहरुलाई तीन दिनदेखि र्याडिसन होटलमा राखिएको छ ।
यद्यपि भोलि मंगलबारको काठमाडौँ–कुनमिङ उडान भने हुने जनाइएको छ । हिमालयन एयरलाइन्सले हरेक मंगलबार काठमाडौँ–कुनमिङ उडान भर्दछ । त्यस्तै हरेक आइतबार एयरलाइन्सको काठमाडौँ–छेन्दु उडान तालिका रहेको छ ।