१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीे रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।

आज राष्ट्रपति भवन महाराजगञ्जमा उहाँले पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गर्नुभएको हो । उहाँले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

श्रावणी कर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षाबन्धन गर्ने परम्परा रहेबमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको छ ।

आज नै राष्ट्रपति भण्डारीले ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँका निर्देशक ब्रम्हकुमारी राजदिदीबाट पवित्रताको सूचक राखीसमेत ग्रहण गर्नुभयो । रासस