२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गठबन्धन कार्यदलको बैठक बस्दै



file Photo
अ+ अ-

काठमाडौं । आज गठबन्धन कार्यदलको बैठक बस्दैछ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनले निर्माण गरेको कार्यदलको दोश्रो बैठक आज बस्ने भएको हो ।

कार्यदलको दोश्रो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो २ बजे बस्ने तय भएको छ ।

नेपाली कांग्रेसका कार्यदल प्रमुख कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बस्न लागेको बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन पार्टीलाई कति सिट दिने भन्ने बारेमा छलफल गर्नेछ ।

कार्यदलमा नेपाली कांग्रेसबाट ३, नेकपा (माओवादी केन्द्र)बाट २, नेकपा (एकीकृत समाजवादी) बाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन् ।