२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यी हुन् विश्वका रहस्यमय ठाउँः कतै सर्पको शासन, कतै जहाज नै गायब



अ+ अ-

एजेन्सी । पृथ्वीमा यस्ता धेरै रहस्य लुकेका छन्, जुन आजसम्म खुल्न सकेको छैन । यी रहस्यहरू थाहा पाउँदा विश्वास गर्न सकिँदैन । वैज्ञानिकहरूले वर्षौंदेखि पृथ्वीका यी रहस्यहरू सुल्झाउने प्रयास गर्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता भने पाउन सकिएको छैन । संसारका यी रहस्यहरू पछाडीको कारण के हो ? त्यो आजसम्म थाहा छैन । आज हामी संसारका केहि रहस्यहरुको बारेमा बताउनेछौँ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।

इलाहा दा क्विमादा टापु

ब्राजिलमा अवस्थित यस टापुमा सर्पहरू मात्रै छन् । यहाँ तपाईंले प्रत्येक तीन फिटमा एक देखि पाँचवटा सर्पहरू देख्नुहुनेछ । यसको रहस्यको बारेमा आजसम्म कसैले पनि जानकारी पाएका छैनन् । यो टापुलाई सर्पको टापु भनिन्छ । गोल्डेन लान्सहेड भाइपर जस्ता विषालु सर्पहरू यहाँ बस्छन् । ब्राजिलको यस टापुमा मानिसहरूको आगमनमा प्रतिबन्ध लगाइएको छ ।

इथियोपियाको दानाकिल मरुभूमि

इथियोपियाको यस टापुमा मौसम धेरै छिटो परिवर्तन हुन्छ । यहाँ कहिले गर्मी हुन्छ, कहिले जाडो । दानाकिल मरुभूमिमा वर्षभरि ४८ डिग्री सेल्सियस तापक्रम हुन्छ । सबैभन्दा अचम्मको कुरा के छ भने यहाँको तापक्रम कहिलेकाहीँ १४५ डिग्री सेल्सियससम्म पुग्छ । गर्मीका कारण यस क्षेत्रलाई पृथ्वीको सबैभन्दा क्रूर स्थान पनि भनिन्छ । यो यति तातो छ कि पोखरीको पानी उम्लिरहन्छ । दानाकिल मरुभूमिले ६२,००० माइल भन्दा बढी क्षेत्र ओगटेको छ । यहाँको गर्मीलाई नर्कको आगो पनि भनिन्छ ।

चोलुलाको ग्रेट पिरामिड

मेक्सिकोमा अवस्थित चोलुलाको ग्रेट पिरामिड अझै पनि रहस्यमय छ । यो अहिलेसम्म कसले बनाएको हो र यसको निर्माणको कारण के हो भनेर कसैले पत्ता लगाउन सकेको छैन । मन्दिर जस्तो देखिने पिरामिडको कुनै इतिहास छैन । यो संसारको सबैभन्दा ठूलो पिरामिडमा समावेश छ ।

बरमुडा ट्रयाङ्गल

बर्मुडा ट्रयाङ्गललाई संसारकै सबैभन्दा खतरनाक र रहस्यमय ठाउँ मानिन्छ । बर्मुडा ट्रयाङ्गलमा कैयौं जहाज बेपत्ता भएका छन्, जसको अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तीन स्थानको बीचमा भएकोले यस ठाउँलाई बर्मुडा ट्राइङ्गल भनिन्छ । यस स्थानमा गुरुत्वाकर्षण उच्च छ, जसका कारण यहाँबाट गुज्रने कुनै पनि वस्तु यसमा समाहित हुन्छ ।

डेथ भ्याली


अमेरिकामा रहेको डेथ भ्याली गर्मीका कारण पनि विश्वभर परिचित छ । यस ठाउँमा कहिलेकाहीँ तापक्रम १३० डिग्री सेल्सियससम्म पुग्छ । सन् १९१३ मा यहाँ १३४.०६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । डेथ भ्यालीमा औसत ५ प्रतिशत मात्रै वर्षा हुन्छ । यो संसारको सबैभन्दा तातो ठाउँहरूमा गनिन्छ र यहाँ पानीको कुनै ठेगान छैन ।