८ बैशाख २०८२, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको झाँक्रीको दाबी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्यनको विषयमा योजना बनाएर काम गरेको बताउनु भयो । झाँक्रीले शहरी विकासमन्त्री हुँदा विकास निर्माण सम्बन्धी महत्वपूर्ण नीतिहरु परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताउनु भयो । उहाँले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताउनु भयो । झाँक्रीले नीतिगत तहमा अनियमिता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ साना आयोजना समयमा नै नसकिनुको कारण उपाभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो । मैले पटक पटक भनेको छु । उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौं भनेर त्यो काम रोक्यौं । त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुप¥यो । त्यस्ता स्वीकृत सबै काम खरिद प्रक्रियामा लैजनाको लागि मंसिरको ३ गतेदेखि ७ गतेसम्म मन्त्रालय स्तरको बैठक समेत बस्यौं । आयोजना तयारीको लागि आयोजनाको सम्भाव्यता,आयोजनाले पार्ने प्रभाव समेत विश्लेषण गर्नुपर्छ । अन्य विकासे मन्त्रालयको भन्दा राम्रो प्रगति गरेँ । त्यसको पछि शहरी मन्त्रालयले योजनामा काम गरेको थियो । धेरै विकास निर्माणको काम गर्न रहेका धेरै हड्लसहरुलाई किनारा गरेका थियौं । अनियमिता रोक्ने प्रयास गरेँ,यस्ता झन्डै दुई दर्जन समिति बनाएको रहेछु । दुई दर्जन प्रतिवेदन नै छन् । प्रतिवेदनमा प्रमुख प्राथमिकताका विषयहरुकै प्रतिवेदन आएका छन् । त्यसरी नै विकास नीतिहरुलाई परिर्वतन गर्न धेरै काम गरेका थियौं ।

’उहाँले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताउनु भयो । सचिव झाँक्रीले आफू मन्त्रीहुँदा मन्त्रालयबाट स्वीकृत योजनाहरु सबै सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने प्रयास गरेको बताउनु भयो ।