८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगायो



अ+ अ-

एजेन्सी । चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ ।

चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ ।

यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने पनि मन्त्रालयले जनाएको छ ।