१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पूर्वमन्त्री आलेका पहलमा सिलगढीमा आउने भयो भेलछडाको पानी



अ+ अ-

निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पहलमा राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने डोटीको भेलछडा–सिलगढी खानेपानी निर्माणको बाटो खुलेको छ ।

उक्त आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुँने भन्दै खानेपानी निर्माण कार्यमा असहमती जानाएपछि निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । तर निर्वतमानमन्त्री आलेले वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उक्त खानेपानीका विषयमा निकुञ्जले गरेको असहमती अन्त गर्नका लागि आग्रह गर्नु भएपछि वन तथा वातावरण मन्त्रालयले आजै मन्त्रिस्तरिय निर्णय गरी खानेपानीका विषयमा निकुञ्जले गरेको असहमती अन्त भएको हो ।

कम्तिमा पनि रु ३० करोडको लागतमा बन्ने उक्त आयोजना १७ किलो मिटर लम्बाई रहेको र यहाँ एक हजार २०० धारा निर्माण हुने भएका छन् । उक्त आयोजना सुरु भएपछि यहाँका गैरागाउँ, सिलगढी, पाकरी, कलेना, धामीगाउँ, पुन्ना, लेकठाटा, बागठाँटा, नाचनथली लगायतका क्षेत्रका नागरिकहरु प्रतक्ष लाभान्वित हुने भएको स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो ।

वन तथा वातावरणमन्त्री यादवले स्थानीय उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यवसायिक प्रयोजन नगर्ने शर्तमा हाल स्वीकृत भएको डिपिआर संरचनामा थप गर्न नपाउने गरी विभागले तोकिदिएको उपयुक्त विधि अनुसार आयोजना सञ्चालन तथा मर्मत गर्ने मन्त्रिस्तरीय निर्णय गर्नु भएको छ ।

यसैगरी मन्त्री यादवले खप्तड राष्ट्रिय निकुञ्जको नियमावली, २०४४ को नियम ३४ बामेजिम उक्त खानेपानी आयोजनाको सहमती उपलब्ध गराउन समेत निर्णय गर्नु भएको छ । राष्ट्रिय निकुञ्जको असमतीका कारण वर्षौदेखि उक्त खानेपानी आयोजना निर्माण हुन सकेको थिएन । मन्त्री यादवले खानेपानी निर्माणका लागि अवरोध फुकुवा गरेसँगै अहिले डोटीका नागरिकहरु निकै खुशी भएका स्थानीयवासीहरु बताउछन् ।