काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेरे चीनको सार्वभौम अधिकारको उल्लंघन गरेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै नेता गुरुङले चीनको सहमति नलिई पेलोसले ताइवानको भ्रमण गर्नु गलत भएको उल्लेख गर्नुभयो ।