१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मन्त्रिपरिषद्को बैठक बस्दै, ४ मंसिरमा चुनाव घोषणा गर्ने, एउटै चुनाव चिन्हमा निर्वाचन लड्नेबारे गठबन्धनमा छलफल



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभको निर्बाचनका लागि मिति घोषणा गर्ने तयारी गरेको छ ।

एक मन्त्रीले न्यूजपोलार संग भन्नुभयो ‘आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणाको निर्णय गर्ने तयारी छ ।’  मंसीर ४ गते एकै चरणमा निर्वाचन गर्न हिजो बुधबार सत्तागठबन्धनमा सहमति भएको थियो ।

यसै बिच गठबन्धनका शीर्ष सहित केही नेताहरु लाई चुनाब जित्नका लागि एउटै निर्वाचन चिन्ह लिएर उठ्ने बारेमा पनि गठबन्धन भित्र छलफल भएको छ । गठबन्धनका एक नेताले भन्नुभयो ‘स्थानीयतहको निर्वाचनमा धेरै मत बदर भयो, बदर मत सुरक्षीत गर्न एउटै निर्बाचन चिन्हमा उठ्ने कुरा पनि छलफल सुरु भएको छ । ‘

उहाँका अनुसार बर्तमान निर्बाचन कानूनले जुन दलको चिन्ह लिएर उठेको सोही दलको व्हिप लाग्ने हुदाँ कानुनी अड्चन फुकाउने बारेमा पनि छलफल सुरु भएको छ । नेपाली काग्रेसले आफ्नो चुनाब चिन्ह रुख प्रयोग गर्न सकिने जनाएको छ ।