१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अब मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने



अ+ अ-

काठमाडौं । ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो ।

महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले यो नयाँ व्यवस्थाले जरिमाना तिर्न बैंकमै जानुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सवारी नियम उल्लंघन गरेका चालकले अब क्यूआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिए ।

उनले भने, ‘जरिमाना ठाउँको ठाउँ मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ ।’ क्यूआर कोडलाई क्विक रेस्पोन्स कोड भनेर पनि बुझ्न सकिन्छ । यो सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजलजस्तो देखिन्छ । क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता, बैंकको खाता नम्बर भएको प्रविधिले पहिचान गर्न सक्छ ।

पछिल्लो समयमा स्मार्टफोनमै क्यूआर कोड स्क्यानरको सुविधा उपलब्ध हुन थालेको छ । यसले यो प्रविधिको प्रयोग सजिलो र सुविधाजनक भएको छ ।

यस्तै, ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन चलाउनेविरुद्ध रातको समयमा पनि कारबाही सुरु गरेको छ । रातको समयमा तीव्र गतिमा सवारीसाधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्ने भन्दै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो ।

महाशाखाका अनुसार कोटेश्वर–सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा सो अभियान थालिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले पछिल्लो समयमा चौडा सडकखण्डमा बढी दुर्घटना हुने गरेको देखिएकाले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको जानकारी दिए ।

त्यसो त ट्राफिक प्रहरीले लामो समयदेखि दिउँसोको समयमा तीव्र गतिमा सवारी चलाउने ३५-४० जना चालकलाई लेजर गनमार्फत कारबाही गर्दै आएको छ । सो अभियान प्रभावकारी भएपछि रातको समयमा पनि सुरु गरिएको हो । भट्टराई नाइट भिजन लेजर स्पिड गनको प्रयोगले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।