१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कांग्रेसमा नयाँ गुट थपिँदै, कुन गुट कति बलियो



अ+ अ-

काठमाडौं । मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ ।

१२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो । १४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ । देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ ।

देउवा गुटमा नेताहरू विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, रमेश लेखक, गोपालमान सिंह तथा महालक्ष्मी उपाध्याय, डिनालगायतका प्रभावशाली नेताहरू छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा डा. रामशरण महत, डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसीलगायतका प्रभावशाली नेताहरू छन् ।

सिटौला गुटमा भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं, गगन थापा, प्रदीप पौडेललगायतका प्रभावशाली नेताहरू छन् । निधि गुटमा पनि प्रभावशाली नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, प्रदीप गिरीलगायत तराई क्षेत्रका थुप्रै नेता सक्रिय छन् ।

पौडेल गुटमा रहेका नेताहरू डा. शशांक कोइराला र शेखर कोइरालासँग छुट्टै गुट बनाए नेताहरू मीनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल, दीपक गिरीलगायतका नेताहरू थपिने संकेत आइरहेको छ । देउवा गुटबाट नेतृत्व दाबी गर्दै विमलेन्द्र निधि छुट्टिएको बाहेक अन्य नेताले नेतृत्व दाबी गरेका छैनन् भने पौडेल गुटमा नेतृत्व दाबी गर्ने संख्या धेरै छ । पौडेल आफैं नेतृत्व लिन चाहिरहेका छन् भने डा. शेखर कोइराला, डा. शशांक कोइरालाले पनि नेतृत्व दाबी गरिरहेका छन् ।

आफ्नो गुटबाट नेतृत्वका लागि साझा उम्मेदवार अघि नबढाएसम्म वर्तमान सभापति देउवालाई हटाउन नसकिने निष्कर्ष निकाले पनि पौडेल समूहले साझा उम्मेदवार छान्न सकेको छैन । देउवाविरुद्ध साझा उम्मेदवार तयार गर्ने उद्देश्यले केन्द्रीय सदस्य बलबहादुर केसीले केही दिनअघि पौडेल पक्षको उपगुटका नेताहरूसमेतको भेला गराई साझा उम्मेदवार छान्ने कुराको प्रक्रिया शुरू गर्नुभएको थियो । यसलाई निरन्तरता दिँदै बैठक बस्ने क्रम अझै जारी छ ।

पछिल्लो समय डा. शेखर कोइरालाले साझा उम्मेदवार छान्ने कुरामा स्पष्ट रूपमा आफ्नो हैसियत देखाउने उचित प्लेटफर्म महाधिवेशन भएकाले आफू सभापतिको उम्मेदवार नछोड्ने बताएपछि वरिष्ठ नेता पौडेल सशंकित भएका छन् । ‘महाधिवेशनमा इच्छा हुने सबै सभापतिमा लडौं, पहिलो चरणमा जसको धेरै मत आउँछ, दोस्रो चरणमा उसैलाई समर्थन गरी अघि बढौँ’ भन्ने डा. कोइरालाको भनाइ थियो । कांग्रेस विधानमा सभापतिमा दुईभन्दा बढी उम्मेदवार भएमा विजयी हुन कुल खसेको मतको ५० प्रतिशत मत कटाउनुपर्ने छ । अन्यथा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ ।

कांग्रेसको आन्तरिक राजनीतिमा भारतीय पक्षको समेत चासो र प्रभाव रहने बताइन्छ । अघिल्लो अधिवेशनको अन्तिम समयमा नेता प्रदीप गिरीले भारतीय पक्षको साथ र सहयोग देउवालाई उपलब्ध गराएपछि तत्कालीन अवस्थामा कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्कालगायतका नेताहरूले देउवालाई नै सहयोग गरेका थिए । १४औं महाधिवेशनमा भने नेता गिरीले आफ्नो उम्मेदवारका रूपम विमलेन्द्र निधिलाई अघि सारेपछि भारतीय पक्षको साथ र सहयोग निधिलाई नै हुने स्रोतको दाबी छ ।

देउवा गुटबाट छुट्टिएर सभापतिको उम्मेदवार घोषणा गरेसँगै निधिलाई तह लगाउन देउवा गुटका अर्का नेता गोपालमान सिंहले पनि आफ्नो गृह जिल्ला स्याङ्जा गएर १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । कांग्रेसको नेतृत्व युवा पुस्ताको हातमा लिने उद्देश्यका साथ नेता कल्याण गुरुङले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।