२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

थप ५७७ जनामा कोरोना संक्रमण, दुईको निधन



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चार हजार २८२ जनामा गरिएको परीक्षणमा ५७७ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ४७४ पीसीआर परीक्षणमा ३९१ र एक हजार ८०८ एन्टिजेन परीक्षणमा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ ।