१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निलगिरी ‘क्यासकेड’को सुरुङ जोडियो



अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ । निलगिरी खोला हाइड्रोपावर प्रवद्र्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ निर्माण बिहीबार जोडिएको हो । आयोजनाका इञ्जिनीयर केशव बाग्लेले पाँच वटा अडिटबाट सुरुङ खनिएको जानकारी दिनुभयो ।

नारच्याङको दोभानस्थित विद्युत्गृह र छोटेपाको बाँधतर्फबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । सुरुङ निर्माणलाई जलविद्युत् आयोजनाको मुख्य काम मान्ने गरिएको छ । ब्रेक थु्रु भएको अवसरमा आयोजनाका प्रवद्र्धक, प्राविधिक, कर्मचारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले खुसीयाली मनाएका थिए ।

“ब्रेक थ्रु भएको टनेलको फिनिसिङ गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “बाँध र विद्युत्गृह निर्माण तथा इलेक्ट्रोमेकानिकलको कामलाई तीव्रता दिएका छौँ ।” अठतीस दशमलव सात मेगावाटको निलगिरी पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरी क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । दुई वटै आयोजनाको प्रवद्र्धक एउटै निलगिरी हाइड्रोपावर हो ।

निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण थालिएका इञ्जिनीयर वाग्लेले बताउनुभयो । क्यासकेडको विद्युत्गृहदेखि निलगिरी पहिलोको बाँध हुमखोलासम्म १३ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । बस्तीदेखि टाढा रहेको निलगिरी खोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ ।

रु तेह« अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । निलगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ना हुँदै दाना सव स्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको छ ।