१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बागलुङमा बढ्यो कोरोना



अ+ अ-

गलकोट । बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ । लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट परीक्षणमा उनीहरुलाई सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोनास्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । जिल्लामा एक सातादेखि कोरोना सङ्क्रमित देखिन थालेका हुन् । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सचेतना अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट बढेको सन्र्दभमा सेचत रहन आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन ‘बिए प्लस फाइब’ सहितको सङ्क्रमण नेपालमा बढिरहेको सन्र्दभमा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड केन्द्रले बुधबार रातिदेखि लागू हुने गरी भीडभाडमा कडाइ गरेको छ ।

प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी सूचनामा धेरै मानिस भीडभाड हुने क्रियाकलाप नगर्ने, विद्यालय, कलेज तथा ट्युसन सेन्टर र तालिमसहितका शैक्षिक क्रियाकलाप, सपिङ महल तथा होटल रेष्टुराँ जनस्वास्थ्यको मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्तै सार्वजनीक यातयातका सम्बन्धमा सवारीलाई नियमित रुपमा निसङ्क्रमित गर्ने, स्वास्थ्य मापदण्डको पालना गर्ने, खोप कार्ड अनिवार्य साथमा राख्ने तथा कोरोनाको लक्षण देखिएमा तुरुन्तै जाँच गराउन आग्रह गरेको छ । प्रशासनले जारी गरेको आग्रहलाई सम्बन्धित स्थानीय तह, तथा समन्वयकर्ता र सरोकारवालालाई कार्यान्वयमा सहजीकरण गर्न प्रशासनले आग्रह गरेको छ ।