१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साफ यू–२० च्याम्पियनसिपः नेपालको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार भएको खेलमा श्रीलंकालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक–एक गोल गरे ।

पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट नेपालले अग्रता बनाएको थियो ।

खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २–० को स्थितीमा पुर्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३–० को जित दिलाए ।

जितसँगै २ खेलमा ६ अंक जोड्दै नेपाल फाइनल नजिक समेत पुगेको छ भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

उता, श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० गोलले स्तब्ध बनेको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै श्रीलंका बंगलादेश र माल्दिभ्सको सहभागिता रहेको छ ।

च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । नेपालले अब तेस्रो खेल आइतबार भारतसँग र अन्तिम खेल आगामी मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।