२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

केन्द्रीय बैंकको विवरणः सङ्घीय सरकारको खर्च १३ खर्ब



अ+ अ-

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले रु १२ खर्ब ९६ अर्ब २४ करोड बराबरको खर्च गरेको छ । त्यसमध्ये चालु खर्च रु नौ खर्ब ६१ अर्ब ४७ करोड र पुँजीगत खर्च रु दुई खर्ब १६ अर्ब ३७ करोड र वित्तीय व्यवस्थातर्फको खर्च रु एक खर्ब १८ अर्ब ४० करोड बराबरको खर्च भएको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको विवरणअनुसार सो आवमा सरकारले रु १० खर्ब ६७ अर्ब ९६ करोड बराबर राजश्व सङ्कलन गरेको छ । त्यस्तै, सरकारले रु दुई खर्ब ३१ अर्ब ३० करोड कुल आन्तरिक ऋण परिचालन गरेको छ, । जुन कुल गार्हस्थ्य उत्पादनको ४.८ प्रतिशत हुन आउँछ । साँवातर्फ रु ४७ अर्ब ३३ करोड भुक्तानी भएको छ ।

आर्थिक वर्ष २०७८र७९ मा रु रु एक खर्ब ८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । गत असार मसान्तसम्ममा सरकारको कुल आन्तरिक ऋण २२।९ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ८४ अर्ब २८ करोड पुगेको छ । २०७८ असार मसान्तमा यस्तो ऋण रु आठ खर्ब ३२ करोड बराबर रहेको थियो ।

१७ खर्ब ६३ अर्बको आयात
आव २०७८र७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८५ अर्ब ८४ करोड पुगेको छ । यस्तै कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई रु १७ खर्ब ६३ अर्ब २२ करोड पुगेको छ ।

कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ । यसबीचमा विप्रेषण आप्रवाह सुधारोन्मूख रहेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता एवं शोधनान्तर घाटा उल्लेख्य रहन गएको छ । आव २०७८र७९ को एघार महिनामा चालु खाता रु पाँच खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटा रु दुई खर्ब ९८ अर्ब ११ करोड रहेको थियो । बढ्दो चालु खाता घाटाले अर्थतन्त्रमा आन्तरिक उत्पादनभन्दा माग उच्च रहनुको साथै वित्तीय स्रोत र मागबीचको अन्तर पनि बढ्दै गएको स्थितिलाई देखाएको छ ।

सो आवको एघार महिनामा शोधनान्तर घाटा रु दुई खर्ब ६९ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु १५ अर्ब १५ करोडले घाटामा रहेको थियो । शोधनान्तर घाटा बढेकाले आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा विदेशी विनिमय सञ्चितिमा करिब दुई अर्ब ३० करोड अमेरिकी डलरले कमी आई नौ अर्ब ४५ करोड अमेरिकी डलर कायम भएको छ ।

सो सञ्चिति ६.७३ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने देखिन्छ । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्रा अवमूल्यन भइरहेको कारण मुद्रास्फीति नियन्त्रणमा थप दबाब सिर्जना भएको छ । विसं २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको केन्द्रीय बैंकको विवरण छ ।