१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दीपाश्री निरौला र प्रेमराजा महतको पिपल डाँडे साइँली सार्वजनिक



अ+ अ-

काठमाडौं । गायक प्रेमराजा महतको नयाँ गीत पिपल डाँडे साइँली सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गायक महतलाई गायिका अस्मिता परियारले स्वरमा साथ दिनुभएको छ । गीतको शब्द तथा संगीत पनि स्वयं गायक महतले गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै गायक महतले यो गीत ३५ वर्ष अघि रेकर्ड गरेको भएपनि जीवन्त बनाउन अहिले भिडियो बनाएर बजारमा ल्याएको बताउनु भयो । उहाँले यसले ३५ वर्षअघिको कला, संस्कृतिको महत्व दर्शाउने बताउनु भयो । त्यस्तै गायिका परियारले यो गीत लोक गीतको रुपमा आफ्नो पहिलो अनुभव रहेको बताउनु भयो ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ ।