
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शनिबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।
यसअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखेका थिए । गत बिहीबारको बैठकमा केन्द्रीय सदस्यले भनाइ राख्ने क्रम सकिएपछि आज पदाधिकारीले धारणा राख्ने भएका हुन् ।
कांग्रेसमा सभापति,उपसभापति,महामन्त्री र सह(महामन्त्री गरी १४ जना पदाधिकारी रहेका छन् ।