काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने छ ।
कम्पनीको हाल चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपियाँ रहेको छ । कम्पनीले सोही पुँजीको २५ प्रतिशत बोनस वितरण गर्न लागको हो । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ५१ करोड ४१ लाख रुपियाँ पुग्नेछ ।