काठमाडौं। आज साताको पहिलो दिन (आइतबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ।
शुक्रबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सयले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।