२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक फिर्ता



अ+ अ-

काठमाडौं । सरकारले संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित गरे संगै बिधेयक फिर्ता भएको छ । गृहमन्त्री खाँडले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको जानकारी गराउनु भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता वितरणमा भइरहेको बाधालाई पन्छाउनका लागि सरकारले नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट फिर्ता लिएको जानकारी गराउनु भयो ।

गृहमन्त्री खाँणले प्रतिनिधि सभामा अहिले भएको नागरिकता सम्बन्धी विधेयक यथास्थितिमा बसिरहँदा नागरिकता वितरणको काममा बाधा उत्पन्न भएको बताउनु भयो । उहाँले नागरिकता वितरणमा भइरहेको बाधा पन्छाउनका लागि विधेयक फिर्ता लिएको बताउनु भयो । उहाँले नागरिकता सम्बन्धी नयाँ विधेयक संसदमा पेस हुनेपनि जानकारी गराउनु भयो । उहाँले नागरिकताको कारणले राष्ट्रवादलाई बलियो बनाउन सकिनेमा विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री खाँणले सबै राजनीतिक दलहरुले अब संसदमा पेश हुने नागरिकता सम्बन्धी विधेयकलाई सहमतीमा पारित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘हामीले सबै राजनीतिक दलहरुको सहमतीमा पास गर्नसकौँ । शीघ्र पास गर्नसकौँ भन्ने नै सरकारको मुल ध्येय हो । यस सन्दर्भमा सदनका सबै राजनीतिक नेताहरुसँग, प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग पनि हामीले बारम्बार आग्रह गरिराखेका छौँ । अहिलेको यो अवस्थालाई हामीले गाँठो फुकाउँ ।

यो हाम्रो राष्ट्रिय समस्या नै भइसक्यो । नागरिकताबाट वञ्चित भएकाहरुलाई हामीले नागरिकता दिलाऔँ । हाम्रो सदन सबै नेपाली नागरिकहरु चाहे हिमाल, पहाड वा तराईमा बस्ने । पूर्व मेची पश्चिम महाकाली सबै नै राष्ट्रवादी हुनुहुन्छ । सबैको मुटुमा राष्ट्रवाद छ । हामी सबैले नै नेपाल सम्हाल्ने हो । त्यसकारणले नागरिकताको कारणले अझै राष्ट्रवाद बलियो हुन सकोस् । युवाहरुको मन, मस्तिष्कमा अहिले जुन खालको दुविधा छ, फ्रस्टेशन छ नागरिकता नपाएर । उनीहरुलाई नागरिकता दिन सकियोस् । त्यसका लागि नै हामीले यो विधेयकलाई फिर्ता लिएर अर्को विधेयक प्रश्तुत गर्नका लागि नै हामीले गृहकार्य गरेको हो । आजै नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक बस्नेछ ।

आजै नागरिकता विधेयक फेरि प्रश्तुत हुनेछ । त्यो विधेयकमा जुन खालका माननीयज्यूहरुले चासो राख्नुभएको छ, ति चासोहरुलाई गम्भिरतापूर्वक नै सम्बोधन गरिनेछ । यो अहिले यत्तिकै यथास्थितिमा बसिरहँदा नागरिकता वितरण गर्ने काममा बाधा उत्पन्न भएको कारणले बाधा पन्छाउनका लागि नै फिर्ता लिएको हो । त्यसको लागि सार्थक प्रयत्न गर्नका लागि फिर्ता लिएको हो ।’

उहाँले सरकारले पेस गर्ने नागरिकता सम्बन्धी विधेयक पूर्ववर्ति विधेयकलाई नै मुल आधार बनाएर ल्याइने बताउनु भयो ।  यो बिधेयक २०७५ साल साउन २२ गतेदेखि विचाराधीन अबस्थामा रहेको थियो ।