२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘कप्तान नगरकोटीका उपचारमा कमी हुँदैन’



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बिएण्डबी अस्पतालमा उपचाररत राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको उपचारमा राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आसन्न साफ च्याम्पियनसीप र १९औँ एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षणका क्रममा घाइते बनेकी नगरकोटीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका मन्त्री गहतराजले कप्तान नगरकोटी छिट्टै मैदानमा फर्केको आफूले हेर्न चाहेको र उपचारमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणको क्रममा यही असार २० गते सोमबार खेलाडी नगरकोटीको घाँटीमुनिको हड्डी भाँचिएको थियो । सोमबारै ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

चोटका कारण उनीले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप गुमाउने सम्भावना बढेको जनाइएको छ । नेपालले आगामी भदौ १३ देखि २५ गतेसम्म साफ च्याम्पियनसीप आयोजना गर्दैछ । सन् २०१० देखि राष्ट्रिय महिला फुटबल टोलीमा आबद्ध कप्तान नगरकोटी विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)की सदस्य हुन् ।