२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निर्वाचन आयोगले प्रधानमन्त्रीसँग चुनावको मिति प्रस्ताव गर्ने



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुरलाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने भएको छ । सो प्रयोजनका लागि प्रधानमन्त्रीसँग भेटेर छलफल गर्न समय मागिएको जनाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक ३० गते वा मंसिरको पहिलो साता निर्वाचन गर्ने प्रस्ताव गर्ने तयारी गरिएको बताए । कात्तिकमा तिहार, छठलगायतका पर्व परेकाले मंसिरको पहिलो निर्वाचन गर्न सुझाव आएको बताइएको छ ।

आयोगले स्थानीय तह निर्वाचन एकै चरणमा गरिसकेकाले संघीय र प्रदेशसभा निर्वाचन पनि एकै चरणमा गर्न सकिने जनाएको छ । एकै चरणमा निर्वाचन गर्दा खर्चको बचत हुने आयोगको ठहर छ ।