२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान



अ+ अ-

काठमाडौं । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले बर्सेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष राससका अध्यक्ष झा सम्मानित हुनुभएको हो ।

शाखाले आज पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्मानपत्र, दोसल्ला तथा नगद पुरस्कारसहित सम्मान गर्नुभयो । उक्त सम्मान पुरस्कारको राशि रु ३३ हजार ३३३ रहेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पूर्वध्यक्षसमेत रहनुभएका झाले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पु¥याउनुभएको योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो ।

सम्मानपछि अध्यक्ष झाले उक्त सम्मानले आफूलाई पुनः जिम्मेवारी बोध गराएको बताउनुभयो । पत्रकारले प्राप्त गर्ने सबै सम्मान तथा पुरस्कारले पेशामा आबद्ध भई समाजको हितमा काम गरिरहन थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त हुने उल्लेख गर्दै अध्यक्ष झाले उक्त सम्मानले आफ्ना लागि ठूलो महत्व राख्ने बताउनुभयो । पत्रकारले समाजको हितका लागि कार्य गर्ने भएकाले समाजले पत्रकारको सुरक्षा गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष झाले पत्रकार आचारसंहिता र स्वअनुशासनमा रहनु अपरिहा¥र्य रहेको बताउनुभयो ।

पत्रकारितालाई थप विश्वासनीय र मर्यादित बनाउँदै खबरदारी गर्ने मुख्य जिम्मवारी पूरा गर्न निरन्तर लागिरहनु आवश्यक रहेको अध्यक्ष झाको भनाइ थियो । विसं २०२३ चैत ४ गते सिरहाको लहान नगरपालिका–१४ मा जन्मनुभएका झाले २०४३ देखि पत्रकारिता थाल्नुभएको हो । तीनवटा विषयमा स्नातकोत्तर गर्नुभएका झाले ५० वटाभन्दा बढी सङ्घसंस्थामा प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ । पत्रकारिताका क्षेत्रमा अन्तर्राष्ट्रिय सहभागितासमेत जनाउनुभएका उहाँले १७ अवार्ड प्राप्त गर्नुभएको छ । उहाँ गोरखापत्र राष्ट्रिय दैनिकको नियमित स्तम्भकारसमेत हुनुहुन्छ ।

नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका पूर्वसभापति लवदेव ढुङ्गानालाई दोस्रो जनआन्दोलनका क्रममा गैरकानूनी थुनामा राखिएको भन्दै जिल्ला अदालतले क्षतिपूर्ति दिन आदेश दिएको थियो । ढुङ्गानाले ५१ दिन गैरकानूनी थुनामा रहेबापत प्राप्त गरेको रु ३० हजारबाट उक्त पुरस्कार स्थापनाको सुरुआत भएको थियो । विसं २०६९ मा स्थापित पुरस्कार २०७२ सालदेखि प्रदान गरिँदै आएको छ । उक्त पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले र डा महेन्द्र विष्ट सम्मानित भइसक्नुभएको छ ।

कार्यक्रममा चालु आर्थिक वर्षमा उत्कृष्ट फोटो प्रकाशन गर्ने राष्ट्रिय समाचार समितिका पाँचथर संवाददाता रवीन्द्र काफ्ले र उत्कृष्ट खोजमूलक समाचार प्रकाशन गर्ने कान्तिपुर मिडिया ग्रुपका लक्ष्मी गौतमलाई जनही रु पाँच हजार नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले प्रदान गर्ने हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका पाँचथर संवाददाता खबिन लुइँटेल र प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयबोध लावती पुरस्कृत हुनुभएको छ ।