२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नाडाल विम्बल्डनको तेस्रो चरणमा प्रवेश



अ+ अ-

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै उनी तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

दोस्रो वरियताका नाडालले रिकार्डसमाथि ६–४,६–४,४–६ र ६–३ को सेटमा जित निकाले । ३६ वर्षीय नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित समेत हो ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

यस्तै, महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेकले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।

इगाले नेदरल्यान्ड्सकी लेस्ली पट्टिनामा केरखोवलाई ६–४, ४–६ र ६–३ ले पराजित गरिन् ।