१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बागलुङमा २० प्रतिशत रोपाइँ



अ+ अ-

गलकोट । बागलुङमा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष मनसुन छिट्टै सक्रिय भएका कारण छिटो रोपाइँ सुरु भएकाले बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको जनाएको छ ।

किसानले पानी परेपछि अहिले धमाधम धान रोपाइँ गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाइँ सकिने ज्ञान केन्द्रले जनाएको छ । अहिले किसान धमाधम धान रोपाइँमा व्यस्त रहेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख भनुभक्त भट्टराईका अनुसार गलकोट लगायतका क्षेत्रमा असार अघि नै धान रोप्ने गरे पनि मकै लगाएको अधिकांश क्षेत्रमा ढिलो रोपाइँ गर्ने गरिएको बताउनुभयो ।

“धानखेतीका लागि राम्रो जग्गा मानिने गलकोट आसपासमा अधिकांश रेपाइँ सकिएको छ, तर चैते धान हुने बागलुङ नगर क्षेत्र र मकै उत्पादन हुने जैमिनी आसपासको क्षेत्रमा धान रोप्न बाँकी रहेको छ, बागलुङमा ढिलो नै रोपाइँ हुन्छ, अहिले धमाधम रोपाइँ चलिरहेको छ, किसानले मल अभावमै खेत रोपाइँ सुरु गरेका हुन्”, उहाँले भन्नुभयो ।

बागलुङमा मुख्य बालीका रुपमा रहेको धान खेती छ हजार १२२ हेक्टर जमिनमा हुने गरेको छ । त्यसमध्ये मध्य असारसम्म एक हजार २०० हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको तल्लो भागमा दुई पटक धानखेती हुन्छ । किसानलाई अहिले चैते धान भित्र्याउनसमेत चटारो छ ।

जिल्लाका अधिकांश धानखेती हुने स्थानमा सिँचाइको व्यवस्था छैन । सिँचाइ नपुगेको स्थानमा किसानले मूलफुटेपछि मात्रै रोपाइँ गर्ने गरेका छन् । जिल्लामा विशेष गरी स्थानीय जातसँगै खुमल ४, जेठो बुढो, लुम्ले २, गुडुरो र झिनुवालगायतका धान खेती हुँदै आएको छ । बागलुङको बलेवास्थित दम्का फाँट, गलकोट, रेश, मूलपानी, सिगाना र जैमिनी लगायतका क्षेत्रमा बढी मात्र धानखेती हुँदै आएको छ ।