
काठमाडौंः चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त हुनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राजदूत नियुक्त गर्नु भएको हो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस हुनु भएको थियो ।
उहाँको यसअघि संसदीय सुनुवाई हुनुका साथै चीनबाट पनि एग्रीमो प्राप्त भएपछि नियुक्तीले औपचारिकता पाएको हो । चीनमा लामो समयदेखि नेपाली राजदूत रिक्त छ ।