
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गर्दै देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनको भनाई छ ।