१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बैतडीको विद्युत् सेवा चार दिनका लागि अवरुद्ध



अ+ अ-

बैतडी । बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सवस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध भएको छ ।

उहाँले भन्नुभयो, “जिल्लामा नयाँ विद्युत् सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध भएको हो । मर्मत तथा नयाँ सवस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुन्छ ।”

सवस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका सवस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

आज बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिएका र बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । यद्यपि वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सञ्चालन गर्न उपाय खोजिराखेको भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्भव भयो भने दिउँसोको केही घण्टा सेवा दिन्छौँ तर त्यो सम्भव हुन्छ भन्ने यकीन छैन ।” विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति विद्युत् प्राधिकरणले क्षमासमेत मागेको छ ।