६ बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सभामुखले खानेपानी मन्त्रीलाई सदन भित्र सबक सिकाएपछि.. (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सदन कारवाहीको सामान्य नियम उल्लघंन गर्दा सभामुख अग्निप्रसाद सापकोटाले एक मन्त्रीलाई सबक सिकाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद एकवाल मियाले बोलिरहेको समयमा खानेपानी मन्त्री उमाकान्त चौधरीले सदनको कारवाहीको मर्यादा उल्लघंन गरेका थिए ।

मन्त्री चौधरी सांसद मियाले बोलिरहँदा बैठक प्रवेश गरेका थिए । त्यसपछि सभामुख सापकोटाले बोलिरहेका मियालाई बोल्न रोकेर बैठक प्रवेश गरिरहेका मन्त्री चौधरीलाई घुमेर आउन निर्देशन दिएका थिए ।

त्यसपछि मन्त्री बस्ने कुर्सीमा पुगिसकेका मन्त्री चौधरी फर्केर सभामुख बस्ने बायाँतर्फको ढोकाबाट संसद् बैठक प्रवेश गरेका थिए ।

सदनमा कुनै सदस्यले बोलिरहेको समयमा सभामुख र सदस्यको बीचबाट बाटो काट्न वा सभामुखलाई पिठ्युँ देखाएर प्रवेश गर्न नपाइने प्रतिनिधिसभा नियमावलिमा व्यवस्था छ ।

सभामुख सापकोटाले नेपाली कांग्रेसका मन्त्री चौधरीलाई त्यस्तो निर्देशन दिएपछि नेकपा (एमाले) का सांसदहरुले टेबल ठोकेर समर्थन जनाएका थिए ।