२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमसीसी आईपीएसकै अंग भएको वामदेवको दाबी



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले अमेरिकी सहायता कार्यक्रम (एमसीसी) इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) कै अंग भएको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा उहाँले एमसीसी आईपीएसकै अंग भएको जिकिर गर्दै नेपाललाई प्रतिबद्ध बनाउन र देशव्यापी विरोधलाई मत्थर पार्न मात्र १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको बताउनुभयो ।

एमसीसीले नेपाललाई नैतिक बन्धनमा राख्ने तर अमेरिकालाई कुनै नैतिक बन्धन नहुने उहाँको भनाइ थियो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवामा जे गर्नु नपर्ने काम हुन्छन् त्यस्ता काम मात्र गर्ने चरित्र रहेको आरोप लगाउनुभयो ।

एमसीसी सम्झौता गर्न नहुने थियो तर देउवाले गराएरै छाड्नुभयो भन्दै नेता गौतमले अहिले पनि स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामा पनि उहाँ तयार भइसक्नुभएको बताउनुभयो । यस्ता कार्यले स्वयं प्रधानमन्त्री देउवालाई मात्र नभएर नेपाली कांग्रेसलाई पनि नोक्सान हुने उहाँको भनाइ थियो ।

जे जस्तो सहायता आउँछ त्यसमा सहमति जनाइहाल्ने स्वभाव प्रधानमन्त्री देउवामा रहेको उहाँले बताउनुभयो । संसद्मा समयमै कुरा उठेकाले मात्र एसपीपीबाट नेपाल जोगिएको उहाँले बताउनुभयो ।