१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपः नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन् भने रुबिना क्षेत्रीले २१ रन बनाइन् । यस्तै, इन्दु बर्माले २० रन भने डोली भट्टले ५ रन जोडिज् ।

सिता मगर ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट हुँदा कविता कुँवर १ रनमा अविजित रहिन् । भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले एक एक विकेट लिए ।

आजबाट सुरु भएको च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जुन समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै, समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।