२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गर्दै प्रहरी कार्यालयअगाडि प्रदर्शन



अ+ अ-

काठमाडौँ । एक महिला र उनकी छोरीमाथि हातपात गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ ।

मंगलबार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर राज्यमन्त्री वलीले उनकी श्रीमती र छोरीलाई हातपात गरेको भन्दै स्थानीय महिलाहरुले प्रदर्शन गरेका हुन् ।

यो पनि पढ्नुहोसलुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

वलीलाई नियन्त्रणमा लिएर राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा वलीमाथि कारवाहीको माग राख्दै स्थानीय महिलाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले वलीमाथि कानूनी माग गर्दै नाराबाजीसमेत गरेका छन् ।

स्थानीय महिलाहरुले नाराबाजी गरेपछि राज्यमन्त्री वलीलाई अहिले घोराहीतर्फ लगिएको बताइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय लगिने तयारी गरिएको छ । प्रहरीले दुवै पक्षलाई राखेर छलफल गर्ने र थप कुरा बुझ्ने भनिए पनि नाराबाजीसहित प्रदर्शन भएपछि तुलसीपुरमा छलफलको वातावरण नबनेको बताएको छ ।

राज्यमन्त्री वली लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर एकराज बस्नेतको घर पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा नभएको बताइएको छ ।

एकराजकी श्रीमती मीना भण्डारीले राज्यमन्त्री वलीले उनको घरमा आएर एकराज आफ्नो श्रीमान् भएको दाबी गरेको बताइन् । उनका अनुसार आफू र आफ्नी छ वर्षीया छोरीलाई वलीले हातपात गरेकी थिइन् ।

यसैबीच प्रदेश सरकारको राज्यमन्त्रीबाट उनलाई बर्खास्त गर्ने तयारी भएको बताइएको छ ।