२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

डाइनसोर मासिनेगरी महाप्रलय आउँदा सर्पहरू कसरी जोगिएर पृथ्वीमा फैलिन सफल भए ?



अ+ अ-

काठमाडौं । डाइनसोर नै लोप हुनेगरी एउटा क्षुद्रग्रह बजारिएका कारण पृथ्वीमा सर्प फैलिन सफल भएको एउटा नयाँ अध्ययनले देखाएको छ।

क्षुद्रग्रहका कारण पृथ्वीमा ठूलो विनाश भएको अनि अधिकांश पशु र वनस्पतिहरू मासिएको ठानिन्छ। तर जोगिन सफल केही प्रजातिका सर्पहरू भुइँमुनि लुकेर अनि लामो समय निराहार बसेर महाप्रलयपछिको समयमा फस्टाएको विश्वास गरिएको छ।

ती सहनशील सरीसृप ३,००० भन्दा बढी प्रजाति बनेर पृथ्वीभरि फैलिए। आजभन्दा ६.६ करोड वर्षअघि एउटा क्षुद्रग्रह पृथ्वीमा खस्दा डाइनसोरहरू लोप भएका विश्वास गरिन्छ।

त्यतिबेला भूकम्प, सुनामी र डढेलोको प्रकोप उत्पन्न भएको अनि खरानीयुक्त बादलले सूर्य छेकेको हुँदा दशकौँसम्म पृथ्वीमा अन्धकार छाएको मानिन्छ।

वैज्ञानिकहरूले त्यो महाप्रलयका कारण पृथ्वीमा ७६ प्रतिशत वनस्पति र जीव मासिएको अनुमान गरेका छन्। तर केही स्तनपायी जीव, चरा, भ्यागुता र माछाजस्तै सर्पहरू जोगिएका थिए।

आहारा अभाव हुँदा एक वर्षसम्म निराहार बस्न सक्ने अनि महाविनाशपछि अन्धकारमा सिकार गर्न सक्ने तिनको क्षमता सर्पको अस्तित्वका लागि सहायकसिद्ध भएको हुनसक्छ।

जोगिएका थोरै प्रजातिका सर्पहरू भुइँमुनि वा जङ्गलको सतहमा अनि पानीमा बस्ने खालका थिए। ती पहिलो पटक एशियामा पनि पुगे र फैलिए। तिनले नयाँ वासस्थान र नयाँ सिकार फेला पारे। अनि १० मिटर लामो समुद्री सर्पसहित नयाँ प्रकारका सर्प पनि देखा परे। 

सर्पलाई सफल जीव मानिन्छ। एन्टार्क्टिकाबाहेक सबै महादेशमा सर्प पाइन्छ। समुद्रदेखि मरुभूमिसम्म सर्प पाइन्छ। रूखदेखि जमिनमुनिसम्म ती बस्छन्। सानामा केही सेन्टिमिटर र ठूलामा छ मिटरभन्दा लामा सर्प पनि हुन्छन्।

पारिस्थितिक प्रणालीका लागि सर्पलाई एकदमै महत्त्पूर्ण मानिन्छ। तिनले साना जीवजन्तु नियन्त्रण गर्न सघाउँछन्। तर मानिससँगको द्वन्द्वका कारण धेरै प्रजातिका सर्पहरू लोप हुने जोखिममा छन्। (बीबीसी)