१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चरा खोजकर्ता खरेल सम्मानित



अ+ अ-

झापा,। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट सङ्घ (नाटा) १ नं प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पु-याएवापत मेचीनगरका देबेन खरेललाई आज सम्मान गरेको छ ।

सङ्घले आफ्नो १०औँ वार्षिक साधारणसभाको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा उहाँलाई रु पाँच हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

विगत छ वर्षदेखि नेपालमा रहेका चरा तथा वन्यजन्तुको खोज तथा फोटोग्राफी गरिरहनुभएका खरेलले लोपोन्मुख हङ्रायो, हरित परेवालगायतका दुर्लभ चरा पूर्वी नेपालमा अस्तित्वमा रहेको सप्रमाण प्रस्तुत गरेर देश–विदेशबाट प्रशंसा पाउनुभएको थियो ।

उहाँको खोजबाट नेपालको पर्यटन प्रवद्र्धन र प्राकृतिक वातावरण संरक्षणका क्षेत्रमा योगदान पुगेको सङ्घले जनाएको छ । खरेलले हालसम्म मेचीनगर नगरपालिकाभित्र मात्र भेटिएका ३०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफँैले खिच्ने सफलता पाउनुभएको छ । नेपाल चरा पर्यटनको हब बन्ने उहाँको धारणा छ ।

कोसीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, जगदीशपुर ताल आदिको अध्ययन गरिसक्नुभएका खरेलले वन्यजन्तु आरक्ष क्षेत्र र रामसार क्षेत्रबाहेक खुला क्षेत्रमा तुलनात्मकरूपमा मेचीनगरमा धेरै प्रजातिका चरा पाइएको जिकिर गर्नुभयो । सङ्घका प्रदेश नं १ का अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको सम्मानमा सङ्घका केन्द्रीय अध्यक्ष रमेश थापाले चरा खोजकर्ता खरेल मुलुककै प्रतिभा भएको बताउनुभयो । रासस