१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्री देउवा संग अमेरिकी सेनाका प्यासिफिक कमान्डरको भेट



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणा रहेका अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए- फ्लायनले रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउFसो शिष्टाचार भेट भएको हो ।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी सँग पनि शिष्टाचार भेट गर्दैछन् ।

त्यस्तै उनले आजै सैनिक मुख्यालयमा प्रधानसेनापति प्रभुराम शर्मासँग द्विपक्षीय भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ । अमेरिकाले नेपाली सेनासँग हस्ताक्षर गर्न चाहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समझदारीपत्र टुंग्याउनेबारे फ्लिनले उच्चतहमा कुराकानी गर्न सक्ने बताइएको छ ।

अमेरिकी दूतावासले कान्तिपथस्थित फोरा दरबारमा आयोजना हुने प्रवचन कार्यक्रममा अमेरिकाको नेपालसँगको परम्परागत सैन्य सम्बन्ध र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे फ्लिनले व्याख्या गर्ने समेत कार्यक्रम रहेको छ ।

उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर पनि दिइने सेनाले बताएको छ।