१७ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नरेठाँटी बजारमा बाढी पस्दा ३५ घर जोखिममा



अ+ अ-

गलकोट । बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटेखोलाको बाढी नरेठाँटी बजारमा पस्दा ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

हिजो साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको उहाँको भनाइ थियो । बाढीको त्रासले स्थानीयवासी रातभर जागराम बसेका थिए । नकटेखोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको थियो ।

“नरेठाँटी बजार नै बाढीको जोखिममा छ, हिजो साँझदेखि परेको भारी वर्षाले नकटेखोलामा बाढी आयो, यसले यहाँका थुप्रै घर जोखिममा परेका छन्, जसमध्ये उच्च जोखिममा रहेको दुई घरपरिवारलाई सुरक्षित स्थानमा सारेका छौँ, अन्य ४३ घर जोखिममा छ” वडाध्यक्ष भण्डारीले भन्नुभयो “अन्य जोखिममा रहेका घरपारिवारलाई पनि सार्नुपर्ने देखिन्छ ।”

बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको छ । रातभर स्थानीयवासीको प्रयास र उपकरण प्रयोग गरी बाढी तर्काउने प्रयास गरिएको थियो अन्यथा बजारनै डुवानमा पर्ने खतरा रहेको वडाध्यक्ष भण्डारीले रबताउनुभयो । नरेठाँटी बजारमाथि जसपुरमा पहिरो गएपछि आएको बाडी बजारमा पसेका कारण केही घरमा क्षति पु¥याएको थियो ।