१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि, ५ हजार २३३ नयाँ सङ्क्रमित



फाईल फोटो
अ+ अ-

नयाँ दिल्ली । भारतमा मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

सोमबार, भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार वृद्धि भएका यो कोरोना सङ्क्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए । यो सङ्ख्या फेबु्रअरी १८ यताकै उच्च हो ।

सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमणमा ४१ प्रतिशतले बृद्धि भएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २८ हजार ८५७ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०७ प्रतिशत भएको जनाइएको छ ।

सोमबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा तीन जार ३४५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ३६ हजार ७१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७२ प्रतिशत रहेको छ ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३५ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ४३ लाख २६ हजार ४१६ हजार खोप लगाइएको छ ।