१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र  बढुवासम्बन्धी  रोकिएका  कामलाई  धमाधम  अगाडि  बढाउन थालेको छ । 

आयोगले  सरकारी  सेवालाई  थप  प्रभावकारी  बनाउन  नयाँ  पदको  सिर्जना  गरी  पदपूर्ति  गर्न  र  कर्मचारीको  वृत्तिविकास  गर्न  हरेक  वर्ष  खुला  तथा  आन्तरिक  प्रतिस्पर्धाबाट  पदपूर्ति  तथा  बढुवाका  प्रक्रिया  गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको  महामारीले  गर्दा  प्रकाशित भइसकेका पदका लागि  परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् ।

त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन ।कोभिडको  प्रभाव  कम  भएसँगै  विगतमा  स्थगित  भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र बढुवाको अन्तिम प्रतिफल पनि प्रकाशित हुने क्रम पनि जारी रहेको छ । आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार आर्थिक वर्ष  २०७६/७७ र २०७७/७८ गरी दुई वर्ष रोकिएका सबै पदका परीक्षा  सञ्चालन  भइसकेका छन् ।

ती दुई वर्षका सहसचिव तथा उपसचिव  तहका  कार्यक्षमता  र  जेष्ठताको  बढुवाको  परीक्षाफल प्रकाशित भई पदस्थापन पनि भइसकेको छ भने खुला तथा आन्तरिक प्रतिस्पर्धाका पदमा लिखित परीक्षा सञ्चालन भई परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ ।

प्रवक्ता सुवेदीले भने, “सहसचिव र उपसचिव पदको परीक्षाफल प्रकाशित गर्ने अन्तिम चरणमा पुगेको छ तर शाखा अधिकृतदेखि तल्ला पदका विषयमा अदालतमा मुद्दा परिरहेकोले त्यसको टुङ्गो लागेपछि मात्र बाँकी काम अगाडि बढाइने भएका छन् ।” 

कोभिडले  प्रभावित  पारेपछि  विगत  दुई  वर्षको  अवधिमा  गर्न  नसकिएका  नयाँ  पदपूर्ति  तथा  बढुवा  प्रक्रियाको  करिब  चार  हजार  कर्मचारीको  छनोट गर्ने काम आयोगले पछिल्ला दिनमा सम्पन्न गरिसकेको छ ।  प्रवक्ता सुवेदीका अनुसार कोभिडको प्रभाव कम हुने बित्तिकै आयोगको कार्यालयमा स्वास्थ्यका मापदण्ड पूरा गरेर भए पनि परीक्षा सञ्चालन गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।