२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनको हानझाउमा हुने एसियन खेलका लागि प्रथम चरणको विशेष प्रशिक्षण बुधबारदेखि हुने



अ+ अ-

काठमाडौंः चीनको हानझाउमा हुने एसियन खेलकुदलाई लक्षित गरी खेलाडीको पहिलो चरणको विशेष प्रशिक्षण बुधबारदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले विशेष प्रशिक्षणको त्रिपरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले सम्बन्धित खेलका समन्वयकर्तालाई खेल सामाग्री पनि हस्तान्तरण गरेका थिए ।

खेलाडीको क्षमता र कौशल अभिबृद्धि गर्नुका साथै वैज्ञानिक विधिबाट प्रशिक्षण प्रदान गर्दै नतिजामूलक उपलब्धी हासिल गर्न प्रशिक्षणको सुरुआत गरिएको हो ।

प्रशिक्षणमा विभिन्न २३ खेलका ५ सय १४ खेलाडी र ६६ प्रशिक्षक गरी ५ सय ८० जना समावेश हुने छन् । खेलाडीमा २ सय ३० पुरुष र २ सय ८४ महिला छन् ।

खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् ।

यी खेलका खेलाडी छनोट गर्न प्रारम्भिक छनोट प्रतियोगिता पनि आयोजना भएको थियो ।

पहिलो चरणको विशेष प्रशिक्षण असार २३ गतेसम्म सञ्चालन हुने छ । दोश्रो चरणको छनोट असार २४ देखि २७ गतेसम्म हुनेछ । प्रशिक्षणका लागि विज्ञहरु पनि परिचालन गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले राष्ट्रिय टिमलाई बलियो र व्यवस्थित बनाउन विशेष प्रशिक्षणको सुरुआत गरिएको बताउँदै ३६५ दिन नै खेलाडीलाई प्रशिक्षणमा सामेल गराउन परिषद्ले तयारी गरिरहेको बताए ।

उनले एसियाली खेलकुद मात्र नभइ प्रशिक्षण अन्य अन्तर्राष्ट्रिय प्रतियोगितको तयारीलाई पनि सहज हुने बताउँदै खेलाडीहरु कै उपलब्धिका कारण खेलकुदका निकाय मात्र नभइ सिंगो राज्यले गर्व महशुस गर्ने वातारण बनेको धारणा व्यक्त गरे ।

प्रशिक्षका तर्फबाट भारोत्तोलनका प्रमुख प्रशिक्षक राम पौडेलले प्रशिक्षणले नियमित रुपमा निरन्तरता पाउनु पर्नेमा जोड दिए । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता एथलेटिक्सकी सन्तोषी श्रेष्ठले देशलाई केही दिनु पर्छ भन्ने जोश खेलाडीमा पनि भएकाले प्रशिक्षण सुरु भएकोमा खुशी व्यक्त गरिन् ।