७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतमा ३४ हजार ४०३ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण



अ+ अ-

नयाँदिल्ली । गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले  शुक्रबार जानकारी दिएको छ ।  

पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको छ । कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना सङ्क्रमणबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको शुक्रबार जनाइएको छ । हालका दिनहरुमा कोरोना सङ्क्रमण र मृत्यु भएका प्रायः  व्यक्ति भारतको दक्षिणी राज्य केरलामा रहेका छन् । 

हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा ३७ हजार ९५० जना कोरोना मुक्त भएका छन् । कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना कोरोना मुक्त भएका छन् । (रासस-सिन्ह्वा)