१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत बृद्धि, विजुलीको महशुल पनि बढ्यो



पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ
अ+ अ-

इस्लामाबादः पाकिस्तानमा खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मुल्यबृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानको तेल तथा ग्यास नियमन प्राधिकरणले ग्यासको मुल्यबृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।

प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी (एसएसजीसी)को ग्यासको मूल्यमा ४५ प्रतिशतसम्म बृद्धि गर्दा अहिले विक्री मूल्य पाकिस्तानी रूपैया एक हजार ७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ तय गरिएको मूल्य जुलाई १ देखि लागू हुने पनि प्राधिकरणले जनाएको छ ।

त्यसैगरी विद्युत महशुलमा पनि बृद्धि गरिएको छ । विद्युत प्राधिकरणले प्रति युनिट विद्युतमा ७.९१ प्रतिशत बृद्धि गरिएको जनाएको छ ।

दैनिक उपभोग्य ग्यास र विजुलीको मूल्य बढेकोप्रति आम नागरिकले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले दैनिक उपभोग्य पदार्थको मूल्य बृद्धि गर्दा आम नागरिकको दैनिक जीवनमा नै नकारात्मक असर परेको भन्दै मूल्य बृद्धि फिर्ता लिन माग पनि गरेका छन् । एएनआई